संघ \संस्था

लिम्बू पत्रकार संघको तेस्रो राष्ट्रिय महाधिवेशन इलामको चुक्चीनाम्बामा

इलाम, फागुन ६ । लिम्बु पत्रकार संघको तेश्रो राष्ट्रिय महाधिवेशन फागुन अन्तिम साता इलामको माङसेबुङ गाउँपालिका-२ स्थित चुक्चीनाम्बामा हुने भएको छ ।

संघका अध्यक्ष देवेन्द्र खापुङको अध्यक्षतामा आइतबार इलामको माङसेबुङमा बसेको बैठकले महाधिवेशनको मिति र स्थान टुङ्गो लगाएको छ ।
संघको महाधिवेशन फागुन २८, २९ र ३० गते राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको जन्मस्थल चुक्चीनाम्बामा गर्ने निर्णय गरेको लिम्बू पत्रकार संघका महासचिव मिलन लिम्बूले जानकारी दिए ।

‘राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मथलो चुक्चिनाम्बा जाऔं, लिम्बू पत्रकार संघको तेश्रो राष्ट्रिय महाधिवेशन सफल पारौं’ भन्ने नाराका साथ महाधिवेशन हुने भएको छ ।

महाधिवेशनमा अरुण पूर्व लिम्बुवानका ९ जिल्ला शाखा, उपत्याका शाखा र विदेश शाखाबाट एक सय ५० बढी लिम्बू पत्रकारहरुको सहभागिता रहनेछ ।
महाधिवेशनले संघको आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नछ ।
अग्रज पत्रकारलाई सम्मान गरिने
यसैबीच महाधिवेशनका अवसरमा दुई अग्रज लिम्बू पत्रकारलाई सम्मान गरिने भएको छ । अग्रज पत्रकार अमर तुम्याहाङ र सेसेमी से नाल्बोलाई सम्मान गरिने भएको हो । उनीहरुले पत्रकारिताका माध्यमबाट पर्‍याएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको लिम्बू पत्रकार संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.