झापा, फागुन १० । बुद्धशान्ति प्रेस क्लवको अध्यक्षमा अनिल वाग्ले चुनिएका छन् । शनिवार (आज) सम्पन्न अधिबेशनले वाग्लेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
गठित समितिको उपाध्यक्ष आयुस निरौला, सचिबमा दिपेन लावती, सहसचिबमा रोशन भट्टराई, कोषाध्यक्षमा नबिना कुईकेल र सदस्यहरुमा तिर्थ तिम्सिना, भारती राई, दिपेन बिक र नर्बदा चापागाईं चुनिएका छन् । अधिवेशनले उमाकान्त खनाल ,टंक काफ्ले बिकल्प र गङ्गाराम गड्तौला रहेको तीन सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरिएको उपाध्यक्ष आयुष निरौलाले वताएका छन् ।
वुद्धशान्ति गाँउपालिका भित्रका पत्रकारहरुको हकहितका लागि सो क्लव गठन गरि विभिन्न गतिविधिहरु सञ्चालन गरिआएको छ ।

