झापा, फागुन १० । धुलाबारीमा केन्द्रीय कार्यालय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शनिबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् ।
११ औं वार्षिक उत्सवको अवसरमा सहकारी संस्थाको विर्तामोड सेवा केन्द्रको संयोजनमा दुर्गा मन्दिरमा रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदान कार्यक्रममा प्राविधिक सहयोग बिर्तामोड रेडक्रस शाखाले गरेको थियो ।
सहकारी संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड सेवा केन्द्रका संयोजक घनश्याम डाँगीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
सो सहकारी संस्थाले फागुन १२ गते प्रधान कार्यालय धुलाबारीमा दीप प्रज्वलन गर्ने कार्यक्रम राखेको सहकारीका व्यवस्थापक सरोज मेहराले जानकारी दिए ।

