खेलकुद

प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता: वडा नं ६ च्याम्पियन

झापा, फागुन १७ । झापाको मेचीनगरमा सम्पन्न प्रथम वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी वडा नं ६ ले जितेको छ । शनिबार भएको फाइनल खेलमा वडा नं १० लाई २२र२५,२३र२५, २५र१५, २५र२१, र १५र८ सेटमा पराजित गर्दै वडा नं ६ ले उपाधी जितेको हो । उपाधीसंगै वडा नं ६ ले नगद रु २५ हजार हात पारेको छ । उपविजेता बनेको वडा नं १० ले रु १५ हजारमा चित्त बुझाएको छ ।

अत्यन्तै रोमाञ्चक अनि प्रतिस्पर्धात्मक खेलमा लगातार २ सेट गुमाएर पछि परेको अवस्थालाई उल्टाउदैं पछिल्ला तिन सेटमा वडा नं १० माथी लगातार जित निकाल्दै वडा नं ६ ले उपाधी हात पारेको हो । फाइनल खेलको म्यान अफदि म्याच उपविजेता वडा नं १० अभिषेक शाह घोषित भए साथै प्रतियोगिता भरिको सर्वोत्कृष्ट खेलाडि वडा नं ६ का बिपुल रिजाल घोषित भए ।

विजेतालाई प्रमुख अतिथि मेचीनगर प्रमुख बिमल आचार्य, बिशिष्ठ अतिथि उपप्रमुख मिना पोखरेल उप्रेती, वडा नं ७ का अध्यक्ष चन्दन मेचे लगायतले पुरस्कार बितरण गरे । प्रतियोगिताको निर्णायकमा जिल्ला भलिबल संघकी प्रशिक्षक हेमा थापा, प्रादेशिक रेफ्रीहरु रहेका थिए ।

कार्यक्रममा मेचीनगर कार्यपालिका सदस्य रुपा गुरुङ, मदन भण्डारी स्पोर्टस एकाडेमी झापाका अध्यक्ष चन्द्र प्रसाई, नेपाली कांग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा मेचीनगर इन्चार्ज देबकुमार राई, एभरेष्ट अंग्रेजी माविका कोअर्डिनेटर रुपसागर अधिकारी लगायतको आतिथ्यता थियो ।

आयोजक ७ नं वडा खेलकुद समिति संयोजक नेत्र दाहालको अध्यक्षता तथा मेचीनगर प्रमुख आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत आयोजक क्लवका कोषाध्यक्ष मदन भण्डारी र सञ्चालन अशोक बस्नतेले गरेका थिए ।

खेलकुद विकास समिति मेचीनगर वडा नं ७ को आयोजनामा फागुन १० गते देखी सञ्चालन भएको प्रतियोगतामा मेचीनगरका १६ वटा टिमको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.