
झापा, जेष्ठ ३० । झापामा रहेका क्रियशिल पत्रकारहरुलाई स्वास्थ्यको बिषयमा पत्रकारीता अभिमुखीकरण कार्यक्रम विर्तामोडको होटल हेभनमा सुरु भएको छ ।
एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सुरु तीन दिवशीय अभिमुखीकरण कार्यक्रममा झापाका ३० जना पत्रकारहरु सहभागि भएका छन् । जेष्ठ ३२ गते सम्म सञ्चालन हुने कार्यक्रमको पहिलो दिन बिहिबार सामाजिक विकास मन्त्रालयका तीर्थराज आचार्य र नेपाल प्रेस इन्स्टिच्युत क्षेत्रिय स्रोत केन्द्र विराटनगरका यज्ञप्रसाद शर्माले सहजीकरण गरेका थिए ।

अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा नेपाल प्रेस इन्स्टिच्युत क्षेत्रिय स्रोत केन्द्र विराटनगर परामर्श समिति अध्यक्ष मोहन भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पत्रकार महासंघ झापा शाखा पुर्व अध्यक्ष माधब बिद्रोही, तीर्थराज आचार्य, यज्ञप्रसाद शर्मालगायतको आतिथ्यता रहेको थियो । नेपाल प्रेस इन्स्टिच्युत क्षेत्रिय स्रोत केन्द्र विराटनगरको संयोजन रहेको कार्यक्रममा स्थानिय व्यवस्थापन पत्रकार महासंघ झापा शाखाले गरेको छ ।
पत्रकार महासंघ झापा शाखा अध्यक्ष तारामणी सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष एकराज गिरी र सञ्चालन सचिव सन्तोष आचार्यले गरेका थिए ।

