
झापा, जेष्ठ ३१ । झापामा रहेका क्रियशिल पत्रकारहरुलाई स्वास्थ्यको बिषयमा पत्रकारीता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालन अभिमुखीकरण कार्यक्रममा झापाका ३० जना पत्रकारहरुले सहभागी जनाएका थिए । कार्यक्रमको अन्तिम दिन शुक्रबार सामाजिक विकास मन्त्रालयका कम्युनिटी नर्शीङ्ग अधिकृत केसु काफ्ले र नेपाल प्रेस इन्स्टिच्युत क्षेत्रिय स्रोत केन्द्र विराटनगरका यज्ञप्रसाद शर्माले सहजीकरण गरेका थिए ।
सहजकर्ता काफ्लेले सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धि हाल नेपालको अवस्था बारे प्रष्ट पार्दै यसको चुनौती र समाधानका उपाय बारे जानकारी दिएकी थिईन् । शर्माले पत्रकारले स्वास्थ्य सम्बन्धि खेल्नु पर्ने सकरात्मक भुमीका, अम नागरिकलाई राष्ट्रले प्रदान गरेको स्वास्थ्य सम्बन्धि सुविधा, विभिन्न भैपरी आउने संक्रमणबारे सचेत गराउनु पर्ने दायित्व लगायत स्वास्थ्य सम्बन्धि समस्या र चुनौतीका बिषयमा सहजीकरण गरेका थिए ।
सहभागी पत्रकारका तर्फबाट अमित खम्बु र शुष्मा त्रिखत्रीले स्वास्थ्य सम्बन्धि पत्रकारीता अभिमुखीकरण कार्यक्रम फलदायी भएको भन्दै आयोजक सहित पत्रकार महासंघ झापा शाखालाई धन्यवाद दिए ।
अभिमुखीकरण कार्यक्रमको समाजन सत्रमा नेपाल प्रेस इन्स्टिच्युत क्षेत्रिय स्रोत केन्द्र विराटनगर परामर्श समिति संयोजक विरेन्द्र शर्मा, केसु काफ्ले, यज्ञप्रसाद शर्मालगायतको आतिथ्यता रहेको थियो । नेपाल प्रेस इन्स्टिच्युत क्षेत्रिय स्रोत केन्द्र विराटनगरको संयोजन रहेको कार्यक्रममा स्थानिय व्यवस्थापन पत्रकार महासंघ झापा शाखाले गरेको थियो ।
पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष एकराज गिरीको अध्यक्षतामा आयोजित कार्यक्रम सञ्चालन सचिव सन्तोष आचार्यले गरेका थिए ।

