समाचार

बलात्कारीलाई सुईमार्फत नपुंसक बनाइने

एजेन्सी, जेष्ठ ३० । अल्बामा राज्यका गभर्नर काय इवेले मंगलबार यस्तो विधेयकमा हस्ताक्षर गरेकी हुन् । 

विधेयकमा १३ वर्षभन्दा कम उमेरका बालिकामाथि यौन दूराचार गर्ने पुरुषलाई यस्तो सुईमार्फत नपुंसक बनाउने प्रावधान राखिएको छ । 

सुईद्वारा नपुंसक बनाउने यस्तो प्रक्रियालाई चिकित्सकिय भाषामा ‘केमिकल कास्ट्रेसन’ भनिन्छ ।

सुई प्रयोग गर्न नमान्ने बलात्कारीलाई जेलबाट मुक्त नगरिने पनि विधेयकमा उल्लेख छ । यस्तो सुई भने दोषी आफैंले किन्नुपर्नेछ । 

तर, यस्तो सुई प्रयोग गर्ने अन्तिम निर्णय भने न्यायाधिशले गर्नेछन् । 

अलाबामा राज्यमा १ सेप्टेम्बर २०१९ देखि यो कानून लागू हुने बताइएको छ । 

अमेरिकाका ७ राज्यमा बाल यौन दुराचारीलाई यस्तो सुई दिने प्रावधान छ । समाचार संस्थाहरूका अनुसार दक्षिणकोरिया र इन्डोनेसियामा पनि यस्तो व्यवस्था छ । 

Leave a Reply

Your email address will not be published.