समाचार

पनौतीमा अनिश्चतकालिन कर्फ्यू

काठमाडौं, चैत ४ । काभ्रेको पनौतीमा प्रशासनले अनिश्चितकालका लागि कर्फ्यू लगाएको छ । सोमबार टिपपरको ठक्करबाट आमा, छोरीको मृत्युु भएपछि आज विहानैदेखि त्यहाँ तनाबग्रस्त स्थित छ ।

बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको पनौतीका एसपी रवि पौडेलले लोकपथलाई भने, हिजो दुर्घटना भएपछि आक्रोशित भएका स्थानीय र मृतकका आफन्तले बिहानैदेखि टायर बालेर प्रर्दशन गरेका कारण स्थिती नियन्त्रणबाहिर नजाओस् भन्नको लागि सर्तकतास्वरुप कर्फ्यू लगाइएको हो ।

सोमबार दिउँसो पनौती बसपार्कमा टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मारिका गोलेको घटना स्थलमै मृत्यु भएको थियो । जुनीमाया स्कुलको प्रिन्सिपल भएको र उपचारका लागि छोरीलाई पनौती आएकी थिइन् ।

मंगलबार बिहानैदेखि हजारौंको संख्यामा स्थानीयहरु प्रदर्शमा उत्रिएर टायर बाल्दै विरोध गरेका छन् । सोमबार पनि स्थानियले विरोध प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.