काठमाडौं, भदौ २३ । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण भएको छ ।
कोइरालालाई सोमबार साँझ एक्कासी ज्वरो आएपछि स्वास्थ्यकर्मीले स्वाब संकलन गरेर परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएका थियो । प्रयोगशालाले कोइरालामा संक्रमण पुष्टि भएको जानकारी दिएको कोइरालाका सहयोगी भरत तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार अहिले कोइरालाको स्वास्थ्य अवस्था सामान्य छ ।

