
झापा/ चौथो झापा गोल्डकपको फाइनल खेलको अवसरमा चर्चित गायक प्रमोद खरेलले डोमालाल राजवंशी रंगशालामा साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।

गीत संगीत संगै खेलकुदमा पनि रुची राख्ने गायक खरेल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा निकै चासो राख्ने गर्दछन् । खेलकुदमा रुची भएकै कारण ब्यस्तताका बाबजुत पनि आफ्नो गृह जिल्लामा आयोजना भएको झापा गोल्डकपको रौनक बढाउन डोमालाल राजवंशी रंगशाला आउने भएका हुन ।
कार्यक्रममा गायक खरेलले ‘मेरो देश प्यारो नेपाल’, ‘म बिना कसैकसैलाई’, ‘हङ्गामा भो’, ‘यो कुरा गोप्य’, ‘ओइ झुमा’, ‘चल बतास चल’, लगायत दर्जनौँ चर्चित गीतबाट फुटबलप्रेमी दर्शकलाई मनोरञ्जन प्रदान गर्ने छन् ।
फागुन १८ गते देखी २७ गते सम्म सञ्चालन हुने चौथो संस्करण झापा गोल्डकपको भोली हुने फाइनलमा आयोजक झापा ११ र त्रिभुवन आर्मी क्लब बिच उपाधीका लागी प्रतिस्पर्धा हुँदैछन् ।

