विश्व स्वास्थ्य

विश्वभर कोरोनाको कहर: २ सय देशमा फैलिदा, करिब ३१ हजारको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं, चैत १६ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म ३० हजार ८ सय ३९ जनाको मृत्यु भइसकेको छ । विश्वमा दुई सय बढी देशमा पुगेको कोरोना भाइरसबाट ६ लाख ६२ हजार ६ सय जना संक्रमित भएका छन् । १ लाख ४१ हजार ५ सय निको भएर घर फर्किएका छन् ।

बेल्जियमबाट नेपाल आएकी १९ वर्षीया युवतीमा शनिबार कोरोना संक्रमण पुष्टि भए संगै नेपालमा पनि संक्रकण संख्या पाँच पुगेको छ । कोरोना संक्रमण देखिएका ५ जनामध्ये १ जना उपचारपछि निको भइसकेका छन् । २ जना संक्रमितको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तथा १ जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको र अर्का १ को धौलागिरी अस्पताल बाग्लुङमा उपचार भइरहेको छ ।

कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा इटाली परेको छ । त्यहाँ मृत्यु हुनेको संख्या १० हजार २३ पुगेको छ । ५ हजार ९ सय ७४ जना मानिसहरु संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुनेको संख्या ९२ हजार ४ सय ७२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.