संघ \संस्था

मेची अभियानले सुरु गर्‍यो खाद्यन्न बैंक, विपन्न परिवारलाई सहयोग गर्ने

झापा, चैत १५ । मेची अभियानले गरीब तथा विपन्न परिवालाई खाद्यन्न सहयोग गर्ने उदेश्यले शनिबार (आज) खाद्यन्न बैंक स्थापना गरेको छ ।

मेची अभियानका संयोजक विजय डालमियाको नेतृत्वमा १९ सदस्यीय समिति गठन भएको छ । समितिको कोषाध्यक्षमा राप्रपा मेचीनगरका अध्यक्ष शुशिल आचार्य, सदस्यमा नेकपाका नेता प्रकाश भण्डारी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका मेचीनगर अध्यक्ष माधब अर्याल, सचिव खेमराज पोख्रेल(राजु), नेपाली काँग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, समाजबादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, नेपाल पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्य, पूर्व केन्द्रीय सदस्य मोहन काजी न्यौपाने, जनसंसद दैनिकका सम्पादक मुक्ति पौडेल, रेडियो साथीका प्रैबन्ध निर्देशक ज्ञानेन्द्र निरौला, नेपाल तरुण दल झापा जिल्ला सभापती गोपाल तामाङ, मेची उद्ययोग वाणिज्य संघ अध्यक्ष ऋषीराज तिम्सिना, नाइटचेस क्लब मेचीनगर अध्यक्ष राजु कार्की, लायन्स क्लब मेचीनगर अध्यक्ष शंकर थापा, रोटरी क्लब मेचीनगर अध्यक्ष मोहन निरौला, धुलाबारी जेसिज अध्यक्ष सागर खनाल, धुलाबारी लेडी जेसिज अध्यक्ष तुलसा दङ्गाल र काँकरभ्टिा खानेपानी तथा सरसफाई समितिका कार्यलय प्रमुख दिपक पोख्रेल रहेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले जारी गरेको निषेधाज्ञाका कारण दैनिक मजदूरी गरेर खान नसक्ने अवस्था सिर्जना भएपछि विचल्लीमा परेको मेचीनगर क्षेत्रका परिवारलाई खाद्यन्न सामग्री वितरण गर्न खाद्यन्न बैंक स्थापना गरेको संयोजक डालमियाले बताए ।

बिचल्लीमा परेका पीडितहरुको सहयोगका लागि मेचीनगका सम्पूर्ण व्यापारी, समाजसेवी तथा सहयोगी दाताहरु एक जुट भएर अहिलेको बिपत परिस्थितिमा सकेको सहयोग गर्न पनि संयोजक डालमियाले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published.