स्वास्थ्य

कोरोना भाइरस विरुद्धको क्षेत्र नम्बर १ का साँसदहरु एक ठाउँ

झापा, चैत १९ । कोरोना भाइरसबाट उत्पन्न परिस्थितिबाट प्रभावित आफ्ना क्षेत्रका जनताको अवस्था बुझ्न र राहत कार्यव्रmमलाई प्रभावकारी बनाउने विषयमा झापा क्षेत्र नम्बर १ अन्तरगतका संघीय तथा प्रदेश साँसदहरुको संयुक्त बैठक आज सम्पन्न भएको छ । बैठकले विश्वले सामना गरिरहेको यस्तो विसम परिस्थितिबाट नेपाल पनि प्रभावित भएको र लक डाउनका कारण उत्पन्न परिस्थितिलाई सामना गर्न एकआपसमा सहयोग आदान प्रदान गर्न आग्रह गरेको छ ।

संघीय साँसद राम कार्कीको मेचीनगर ९ स्थित निजी निवासमा आज दिउँसो सम्पन्न बैठकबाट तीन तहकै सरकारलाई जनतालाई चाडो भन्दा चाडो राहत उपलब्ध गराउन विशेष पहल गर्ने निर्णय गरेको प्रदेश साँसद गोपाल बुढाथोकीले बनाउनु भयो । साँसद बुढाथोकीका अनुसार लकडाउन प्रभावित जनतालाई राहत वितरण गर्दा एकद्वार नीति अवलम्बन गरिन छ । बैठकबाट सरकारले निर्धारण गरेको विधिबाहेक जतासुकैबाट राहत वितरण गर्दा अराजकता उत्पन्न हुने भएकाले व्यक्तिगत या संस्थागत रुपमा संकलन भएका राहत सामग्रीहरुको वितरण भने वैद्य र एकद्वार प्रणाली अन्तरगत गर्न गराउन सम्बन्धित पक्षलाई आग्रह समेत गरिएको छ ।

तीन तहको सरकारले विभिन्न प्याकेजमा राहतका कार्यव्रmम सार्वजनिक गरिरहेका बेला सरकारी राहतका कार्यव्रmमहरुलाई जनता समक्ष सहज र प्रभावकारी रुपमा पुर्याउन सम्बन्धित क्षेत्रका साँसदको ठुलो भूमिका हुने भएकाले र त्यसका लागि आवश्यक तयारी भइरहेको बैठकमा सहभागि प्रदेश साँसद श्रीप्रसाद मैनालीले बताउनु भयो । विशेष गरी गरीब, विपन्न र श्रमिकहरुको अवस्था नाजुक हुनसक्ने तर्फ लक्षित गर्दै साँसद मैनालीले आआफ्ना उद्योग, व्यापारिक प्रतिष्ठानमा कार्यरत मजदुरहरुको खाद्य व्यवस्थापन सोही उद्यागी र व्यापारीहरुले गर्नु पर्ने बताउनु भयो ।

लक डाउनका कारण खाद्यन्न अभाव भएर कोही पनि भोकै बस्नु पर्ने अवस्था नआओस भन्नका लागि सरकार गंभिर भएको संघीय साँसद राम कार्कीले बताउनु भयो । साँसद कार्कीले आम नागरिकलाई रोगका विरुद्ध सचतनापूर्वक लाग्न आग्रह गर्दै भोकै बस्नु पर्ने अवस्था आउन नदिन आफुहरु कटिबद्ध भई लाग्ने बताउनु भयो । उहाँले भन्नु भयो–“घरै बसेर रोग विरुद्ध लड्नुहोस्, भोकै मर्न दिदैनौं ।”

यस्तो बेलामा तल्लो तहका सामुदायिक संस्था, टोलविकास संस्था, सहकारी संस्था, लायन्स क्लबहरु, लगायतका संघसंस्थाहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै साँसद कार्कीले जनस्तरबाट भएका प्रयासमा जनप्रतिनिधि(साँसद)हरुको तर्फबाट योगदान रहेने बताउनु भयो । संकटको बेलामा नगरभित्रको भरपर्दो, विश्वसनीय, बैधानिक र संगठित साझा संस्थाको रुपमा रहेको मेची उद्योग वाणिज्य संघले राहत संकलन कार्यमा अगुवाई गर्दा राम्रो हुने धारणा राख्दै साँसद कार्कीले यस्ता अभियानमा साथ र सहयोग रहने बताउनु भयो ।

स्थानीय सरकार अधिकार सम्पन्न भएको र आफ्नो क्षेत्रभित्र रही आफ्ना नागरिकलाई सेवा प्रवाह गर्न साँसद कार्कीले आग्रह गर्नु भयो । सबै साँसदहरुको एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा भएको र सो रकम समेत स्थानीय सरकार मार्फत आउने उहाँले बताउनु भयो । कार्कीका अनुसार राहत पारदर्शी र प्रभावकारी रुपमा लक्षित वर्गसम्म पुग्ने व्यवस्था मिलाउन सबैलाई सहयोग गर्न बैठकले निर्णय गरेको साँसद कार्कीले बताउनु भयो । कोरोना भाइरसको सन्त्रास भएका बेला साँसदहरुको स्थानीय स्तरमा भएको यो पहिलो बैठक हो । जनता प्रति उत्तरदायी बन्दै सबै स्थानीय स्तरमा साँसद तथा जनप्रतिनिधिहरुले तदारुकता देखाउन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published.