झापा, चैत १९ । मेचीनगर ७ स्थीत जागृत वाल उद्धार केन्द्रका वालवालिकाहरुका लागि विभिन्न संघ संस्था र समाजसेवीले व्यक्तिहरुले खाद्यन्न उपलब्ध गराएका छन् । १४ जना अनाथ वालवालिका रहेको केन्द्रमा खाद्यान्न अभाव भए पछि वालवालिकाहरुले खाना खान समेत नपाउने अवस्था भएको विभिन्न मिडियामा समाचार तथा सामाजिक सञ्जालमा सार्वजनिक भयो । जसले गर्दा सहयोगी दाताहरु जुट्न थाले अनि सहयोग पनि गर्न थाले ।

एकता युवा क्लब मेचीनगरले जागृत बाल उद्धार केन्द्रमा २५ केजी चामल १० केजी आलु , ५ केजी कोपि, २ लिटर तेल, २ पोका नुनलगायतको खाद्यन्न सामाग्री वितरण गरेको छ । केन्द्रमा नै पुगेर क्लबका अध्यक्ष दिपेश पाठक, सचिव मञ्जु चिमरिया, कोषाध्यक्ष सन्तोष धमला, सदस्यहरु आशिष पौडेल, विनोद रिमाल र विरु मेचेले संयुक्त रुपमा खाद्यन्न वितरण गरेका हुन ।
त्यसै गरेर नेकपाका युवा नेता तथा समाजसेवी युवा व्यवसायी बालकृष्ण थापाले पनि खाद्यन्न सामग्री वितरण गरेका छन् । उनले ३० केजी चामल र ६५ केजी आलु केन्द्रका सञ्चालकलाई प्रदान गरे ।
ग्रिन जेनेरेसन बाहुनडाँगी, झापाका अध्यक्ष अर्जुन कार्कीले १०० केजी चामल र ५ केजी दाल लगायतका खाद्यन्न सामाग्री केन्द्रलाई उपलब्ध गराएका छन् ।
त्यसै गरेर के आर फाउण्डेशनका अध्यक्ष सविता भेटवालले संस्थाको तर्फबाट केन्द्रमा नै पुगेर ६० केजी चामल, मुरै ३ केजी, दाल २ केजी, खानेतेल २ लिटर, आयोनून २ केजी र चीउरा ५ केजी हस्तान्तरण गरिन् ।
प्रदान गरेको राहत सामाग्री केन्द्रका सञ्चालक विकास देवकोटा र अर्जुन देवकोटाले ग्र्रहण गरेका थिए । यस्तो दुुःखका बखत दाताहरुले देखाएकोे सहयोगले बालबालिकाहरु भोकै बस्नु नपर्ने भयो भन्दै सञ्चालक द्वयले खुलेरे प्रशंसा गदैं सहयोगी दातालाई धन्यवाद दिए ।
लकडाउनका कारण नियमित दाताहरुले सामग्री उपलब्ध गराउन नसकेका कारण खाद्यान्न अभाव भएर समस्या भएको केन्द्रका सचिव बिकास देवकोटाले बताए ।

