संघ \संस्था

मेचीनगर प्याव्सनले दियो राहात कोषलाई ५० हजार

झापा, चैत २१। मेचीनगर नगरपालिका कार्यालय इटाभट्टाले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउन क्रम जारी छ ।

मेचीनगर नगरपालिकाले ५० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । राहात कोषमा मेचीनगर प्याबसन पनि सहयोग गरेको छ । राहात कोष मेचीनगर प्याव्सनले ५० हजार सहयोग गरेको मेचीनगर प्याव्सनका अध्यक्ष डम्बर रुचालले इमेचीलाई जानकारी दिए ।


मेचीनगर प्याव्सनले शुक्रवार मेचीनगरका नगर प्रमुखलाई सो रकम हस्तारतरण गरेको हो । हस्तान्तरण कार्यक्रममा प्याव्सन झापा जिल्ला उपाध्यक्ष अजय आले मगर, जिल्ला सदस्य भोषबहादुर कार्की, प्याव्सन मेचीनगर उपाध्यक्ष बिक्रम क्षेत्री, प्याव्सन मेचीनगर सदस्य कमल भेट्टवाल, विद्या बिकास एकाडेमीका निर्देशक बद्री निरौलालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.