संघ \संस्था

जीवन बिकास सस्थाले दियो विपन्नलाई खाद्यन्न

झापा, चैत २१ । मेचीनगर ५ मा रहेका मजदुर तथा अति विपन्न परिवारले खाद्यन्न पाएका छन् । उनीहरुलाई जीवन बिकास लद्युवित वित्तिय संस्था इट्टाभट्टा शाखाले खाद्यन्न वितरण गरेको हो । संस्थाले शुक्रबार मेचिनगर ५ स्थित नकलबन्दा चिया बगानमा काम गर्ने ६३ परिवारलाई चामल, आलु, दाल, नुन, तेल, साबुनलगायतका सामाग्री वितरण गरेको थियो । राहत वितरण Read More…

अर्थ संघ \संस्था

भानु सहकारी संस्थाद्वरा मेचीनगर राहत कोषमा ५१ हजार सहयोग

झापा, चैत २१ । मेचीनगर नगरपालिका कार्यालय इटाभट्टाले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी छ । यसै बिच मेचीनगर १० धुलाबारीमा रहेको भानु बहुमुखी सहकारी संस्थाले नगरपालिकाले स्थापना गरेको राहत कोषलाई नगद रु ५१ हजार प्रदान गरेको छ । Read More…

विविध

सडकमा पुगे संचारकर्मी, भोका सडकका मान्छेलाई खुसी दिन

झापा, चैत २१ । हामी घरमा छौं उनीहरु सडकमा ,हामीले २ छाक जसो तसो खाएका छौ उनीहरु भोकै छन । यो शब्द आफैमा मार्मिक छ । यति बेल देश डक डाउन भएको एघारौ दिन बितेको छ । घरबाट कोहीँ पनि बाहिँर निस्कने अवस्था छैन । घरमा आवश्यक पर्ने सामान कतिले राखेको अवस्था छ भने धेरैको Read More…

विविध

जन्मदिनमा खाद्यान्न सहयोग

झापा, चैत २१ । अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएकी सीता उप्रेतीले शुक्रबार(आज) अति विपन्न परिवारलाई खाद्य सामग्री सहयोग गरेकी छन् । आफ्नो ५२ अाैं जन्मदिनको अवसर पारेर उनले मेचीनगर- १० स्थित बुद्ध टाेलमा बसोबास गर्ने निम्न वर्गका २४ परिवारलाई ती सामग्री सहयोग गरेकी हुन् । सीताका श्रीमान् बालकृष्णले जन्मदिनमा वर्षेनी गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै Read More…

संघ \संस्था

मेचीनगर प्याव्सनले दियो राहात कोषलाई ५० हजार

झापा, चैत २१। मेचीनगर नगरपालिका कार्यालय इटाभट्टाले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउन क्रम जारी छ । मेचीनगर नगरपालिकाले ५० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । राहात कोषमा मेचीनगर प्याबसन पनि सहयोग गरेको छ । राहात कोष मेचीनगर प्याव्सनले ५० Read More…

समाचार

दुःखत खबर: नेपालमा कोरोनाका सातौं संक्रमित फेला

काठमाडौं, चैत २१ । नेपालमा कोरोना भाइरस (कोभिड १९)का सातौं संक्रमित भेटिएका छन् । गण्डकी प्रदेशको पोखरामा कोरोना भाइरसका सातौं संक्रमित भेटिएका हुन् । गण्डकी प्रदेश सरकारका अनुसार ती व्यक्ति केही दिन पहिले भारतबाट नेपाल आएका थिए । केन्द्र सरकारले प्रदेशहरुमा पठाएको पोर्टेवल पीसीआर मेसिनमा नमूना परीक्षणका क्रममा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो । Read More…

विविध

१८ जना भारतीय मजदुरलाई सांसद बानियाँको पहलमा व्यवस्थापन

झापा, चैत २१ । भद्रपुरस्थित किचनकवधको टहरामा बस्दै आएका १८ जना भारतीय मजदुरलाई दुईदिन पछि प्रदेश सांसद वसन्त बानियाँकै पहलमा उचित व्यवस्थापन गरिएको छ । कोरोना त्रासपछि सरकारले लगाएको लकडाउनको बेला भारत घर फर्किन लागेका १८ भारतीय मजदुरलाई नियन्त्रणमा लिएर किचकबधमा राखिएको छ । उनीहरूको बस्न र खानाको अवस्थाको विषयमा प्रदेश सांसद बानियाँले स्थलगत अनुगमन Read More…

संघ \संस्था

तेलपानी सामुदायिक वनले बाड्यो मास्क

झापा, चैत २१ । तेलपानी सामुदायिक बन उपभोक्ता समूहले आफ्ना उपभोक्ता सदस्यहरुलाई कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि मास्क वितरण गरको छ । संस्थाका अध्यक्ष शेरबहादुर थापाका अनुसार बन समूहमा तीन हजार सदस्य रहेका छन् । संस्थाले हरेक सदस्यलाई एक एक वटा मास्क वितरण गरेको हो । बिहिवार समितिका पदाधिकारीहरु आफै मास्क वितरण गर्न उपभोक्ताको घरघरमै Read More…

अर्थ राजनीति

नेकपा झापाद्वारा कोरोना उपचार कोषलाई एकलाख

झापा, चैत २१ । नेपाल कम्युनिष्ट पार्टी नेकपा झापाले कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला समन्वय समितिले स्थापना गरेको कोषमा एकलाख रुपैयाँ दिने निर्णय गरेको छ । जिल्ला अध्यक्ष चिन्तन पाठक र सचिव मणिकुमार साङपाङले शुक्रवार विज्ञप्ति जारी गरी जिससको कोषमा एकलाख रुपैयाँ दिने निर्णय भएको जनाएका हुन् । कोरोनाको उपचार तथा रोकथामका लागि जिससले Read More…

विश्व स्वास्थ्य

कोरोना: २०४ देशमा फैलिदा, ५२ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं, चैत २१ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस (कोविट–१९)का कारण अहिलेसम्म विश्वमा ५२ हजार १५९ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०४ देशमा पुगेको कोरोना भाइरसबाट १० लाख १४ हजार ४९९ जना संक्रमित भएका छन् । कोरोना संक्रमित २ लाख १२ हजार १८ जना उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका विश्य Read More…