विविध

सडकमा पुगे संचारकर्मी, भोका सडकका मान्छेलाई खुसी दिन

झापा, चैत २१ । हामी घरमा छौं उनीहरु सडकमा ,हामीले २ छाक जसो तसो खाएका छौ उनीहरु भोकै छन । यो शब्द आफैमा मार्मिक छ । यति बेल देश डक डाउन भएको एघारौ दिन बितेको छ । घरबाट कोहीँ पनि बाहिँर निस्कने अवस्था छैन ।

घरमा आवश्यक पर्ने सामान कतिले राखेको अवस्था छ भने धेरैको अभाव । तर सडकमा जो परिवार बिहिन भएर वा मानसिक सन्तुलन गुमाएर बसेकाहरुको लागि यति बेला दिन कष्टकर नै छ । बजार खुल्दा मागेरै भएपनि पेट भरर्ने यी मानिसहरु यति बेला भोको पेटकै दिन रात कटाइरहेका छन ।

झापामा पनि यी प्रकृतिका दजनौ मानिसहरु सडकमा रहेका छन् । उनीहरुको बारेमा कसैको ध्यान नै गएको छैन । तर झापाका युवा संचारकर्मीै अनुसन्धान मिडिया संचालक खगेन्द्र घिमिरेले सक्ने केहीँ गर्नु पर्छ भन्ने सोच बनाए ।

उनले संचाकर्मी पूर्वी ब्लुज का सचिव न्यौपाने सँगको सहकार्यमा आज झापाका बिभिन्न क्षेत्रमा रहेका एक दर्जन बढी यी मानिसहरुलाई केही राहत दिएका छन । काँकरभिट्टा बाट बिर्तामोड सम्मको सडमा भेटिएका एक दर्जन लाई फलफुल,बिस्कुट,फ्रुटि बितरण गरेका हुन । सडकमा भेटिएको यी मानिसहरु भोको पेटमा यो साम्रगी पाएपछि धेरै खुसी भएको घिमिरेले बताए ।

धाईजनमा रहेको रितिका डेरी बाट प्राप्त बिस्कुट र अन्य निजि खर्चबाट उनीहरुलाई बितरण गरिएको हो । यो सँगै लकडाउनको समय अझै बढेमा यी मानिसहरुको पहिचान गरेर सहयोगि दाताको खोजी गरि नियामित खानाको व्यवस्था गर्ने सोच रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.