अर्थ संघ \संस्था

भानु सहकारी संस्थाद्वरा मेचीनगर राहत कोषमा ५१ हजार सहयोग

झापा, चैत २१ । मेचीनगर नगरपालिका कार्यालय इटाभट्टाले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी छ ।

यसै बिच मेचीनगर १० धुलाबारीमा रहेको भानु बहुमुखी सहकारी संस्थाले नगरपालिकाले स्थापना गरेको राहत कोषलाई नगद रु ५१ हजार प्रदान गरेको छ ।

शुक्रबार मेचीनगर कार्यालयमा नै पुगेर मेचीनगर प्रमुख बिमल आचार्य र उपप्रमुख मिना पोख्रेल उप्रेतीलाई चेक हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष गोपाल चुडालले जानकारी दिए । संस्थाका तर्फबाट अध्यक्ष चुडाल, ब्यवस्थापक चन्दा सिटौला र लेखापाल सांगे शेर्पाले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published.