संघ \संस्था

जीवन बिकास सस्थाले दियो विपन्नलाई खाद्यन्न

झापा, चैत २१ । मेचीनगर ५ मा रहेका मजदुर तथा अति विपन्न परिवारले खाद्यन्न पाएका छन् । उनीहरुलाई जीवन बिकास लद्युवित वित्तिय संस्था इट्टाभट्टा शाखाले खाद्यन्न वितरण गरेको हो ।

संस्थाले शुक्रबार मेचिनगर ५ स्थित नकलबन्दा चिया बगानमा काम गर्ने ६३ परिवारलाई चामल, आलु, दाल, नुन, तेल, साबुनलगायतका सामाग्री वितरण गरेको थियो ।

राहत वितरण कार्यक्रममा मेचिनगर ५ का वडा अध्यक्ष योगेन थापामगर, वडा सदस्यहरु मेघराज गेलाल, नारायण खड्का, दुर्गा देबकोटा, चन्द्रकला बिक सहित जीवन बिकास सस्था ईटटाभट्टा शाखा प्रमुख किशोर कुमार शाहको साथमा संस्थाका अन्य कर्मचारीहरुको पनि उपस्थिती थियो ।

कार्यक्रमको समन्वय सिमा प्रहरी चौकी नकलबन्दा बाट खटिएका प्रहरीहरुले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.