संघ \संस्था

तेलपानी सामुदायिक वनले बाड्यो मास्क

झापा, चैत २१ । तेलपानी सामुदायिक बन उपभोक्ता समूहले आफ्ना उपभोक्ता सदस्यहरुलाई कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि मास्क वितरण गरको छ ।

संस्थाका अध्यक्ष शेरबहादुर थापाका अनुसार बन समूहमा तीन हजार सदस्य रहेका छन् । संस्थाले हरेक सदस्यलाई एक एक वटा मास्क वितरण गरेको हो । बिहिवार समितिका पदाधिकारीहरु आफै मास्क वितरण गर्न उपभोक्ताको घरघरमै पुगेका थिए ।

सामुदायिक वनले संस्थाका उपभोक्ताहरुलाई कोरोना सम्बन्धी सचेतना जगाई रहेको छ । साथै संस्थाका अति विपन्न परिवारलाई शुक्रबार आज दिउसो चामल, दाल, तेल, नुनलगायतका खाद्यन्न वितरण गर्ने संस्थाका सदस्य सचिन निरौलाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.