काठमाडौं, चैत २१ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस (कोविट–१९)का कारण अहिलेसम्म विश्वमा ५२ हजार १५९ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०४ देशमा पुगेको कोरोना भाइरसबाट १० लाख १४ हजार ४९९ जना संक्रमित भएका छन् ।
कोरोना संक्रमित २ लाख १२ हजार १८ जना उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका विश्य स्वास्थ्य संगठन (डब्लु एच ओ) ले जनाएको छ ।

