विश्व

कोरोनाको कहर: २०५ देशमा फैलिदा ५२ हजार बढीको मृत्यु

काठमाडौं, चैत २२ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस (कोविट–१९)का कारण अहिलेसम्म विश्वमा ५९ हजार १४० जनाको मृत्यु भइसकेको छ । विश्वमा २०५ देशमा पुगेको कोरोना भाइरसबाट १० लाख ९७ हजार ८१० जना संक्रमित भएका छन् ।

कोरोना संक्रमित २ लाख २८ हजार ४०५ जना उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका विश्य स्वास्थ्य संगठन (डब्लु एच ओ) ले जनाएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २०५ देशमा पुगेको छ । यसको संक्रमण सबैभन्दा धेरै अमेरिकामा छ । अमेरिकामा अहिलेसम्म २ लाख ७६ हजार ९६५ जना संक्रमित छन् । अमेरिकामा बितेको २४ घण्टामा ३२ हजार ८८ जना संक्रमित थपिएका छन् । त्यस्तै ज्यान गुमाउनेको संख्या ७ हजनार ३९१ पुगेको छ ।

इटालीमा १ लाख १९ हजार ८२७ संक्रमित छन् । सबैभन्दा धेरै मृत्यु भएको इटालीमा अहिलेसम्म १४ हजार ६८१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै स्पेनमा ११ हजार १९८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ लाख १९ हजार १९९ छ । जर्मनीमा ९१ हजार १५९ जनामा संक्रमण देखिएको छ । १ हजार २७५ जना को मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.