झापा, चैत २२ । मेचीनगर ७ मा रहेका मजदुर तथा अति विपन्न परिवारले खाद्यन्न पाएका छन् । उनीहरुलाई मेचीनगर ७ स्थित प्यारी भिट्टाका सक्रिय यूवाहरुले खाद्यन्न वितरण गरेका हुन् ।

यूवाहरुले शनिबार मेचिनगर ७ स्थित प्यारीभिट्टाका विपन्न १६ घर परिवारलाई १० केजी चामल, २ केजी दाल, १ लिटर तेल र १ प्याकेट नुनलगायतका सामग्री बितरण गरेको थियो ।
राहत वितरण कार्यक्रममा कराते खेलका प्रशिक्षक समेत रहेका समाजसेवी राजु सिवाकोटीको संयोजकत्वमा मुक्ती काफ्ले, नारायण काफ्ले, कुमार सुब्बा, राजन तामाङ, सुवास बिस्ट , बिबेक मैनाली आशिष गीरीलगायत को उपस्थितिमा बितरण गरिएको थियो ।
संयोजक राजु सिवाकोटीले अहिलेको बिषम परिस्थितिमा सबैले मानवताको नाताले सकेको सहयोग गर्नु पर्ने बताए । साथै उनले मेचीनगर ७ वडा कार्यालयले वडा बासीलाई अप्ठ्यारो पर्दा पनि आवश्यक साथ र सहयोग नगरेको भन्दै दुःख ब्यक्त गरे ।

