संघ \संस्था

मेचीनगर ८ का विपन्न परिवारले पाए राहत

झापा, चैत २४ । मेचीनगर नगरपालिका वडा नम्बर ८ का अति विपन्न तथा लक्षित परिवारले राहत पाएका छन् । वडा कार्यालयले आईतबार बाट नै राहत वितरण सुरु गरिसकेको छ ।

वडाले पहिलो दिन पाथीभरा टोलमा रहेका विपन्न १९ परिवारलाई राहत वितरण गरेको थियो । दोस्रो दिन सोमबार आज वडाका अन्य टोलहरुका विपन्न परिवारलाई बिहान १० बजे देखि नै राहत वितरणको काम सुरु गरिसकेको वडा अध्यक्ष विकेन्द्र धिमालले जानकारी दिए । साथै मंगलबार सम्ममा वडाका विपन्न तथा लक्षित परिवार सबैले राहत सामग्री पाई सक्ने पनि उनले बताए ।

विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को रोकथामका लागी नेपाल सरकारले गरेको लकडाउन कारण अतिविपन्न र ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई समस्या भएको ले त्यस्ता परिवारको छनौट गरी वडा कार्यलयले राहत वितरण सुरु गरेको हो ।

वडामा विपन्न परिवारको संख्या ६ सय बढी रहेको वडा कार्यलयले जनाएको छ । मेचीनगर नगरपालिका कार्यालय इटाभट्टाले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषको बाट दुई सय परिवारलाई वितरण गर्न राहत सामग्री दिएको छ । थप चार सय परिवारलाई वडा कार्यलयको तर्फबाट नै राहतको ब्यवस्थापन गरी जम्मा ६ सय विपन्न परिवारलाई राहत सामग्री वितरण गर्ने वडा सदस्य सन्तोष मेचेले बताए ।

वडाले ४ जना सम्म भएको परिवारलाई १० केजी चामल, ३ केजी आलु, २ केजी दाल, १ लि तेल र १ प्याकेट नुन तथा ४ जना भन्दा माथी संख्या भएको परिवारलाई १५ केजी चामल सहित ३ केजी आलु, २ केजी दाल, १ लि तेल र १ प्याकेट नुन वितरण गरीएको सदस्य मेचेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.