अर्थ राजनीति

राहत कोषमा नेपाली कांग्रेसले दियो ४१ हजार बढी सहयोग

ईलाम, चैत २४ । चुलाचुली गाउँपालिका कार्यालयले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी छ । यसै बिच नेपाली कांग्रेस चुलाचुली गाउँ कार्यपालिले पनि सहयोग गरेको छ । सोमबार नेपाली कांग्रेस गाउँ कार्यपालिको तर्फबाट रु ३० हजार ८ सय ५० Read More…

विविध

लकडाउनमै छुरा हानाहान, एक जना घाइते

झापा, चैत २४ । झापाको हल्दिबारीमा धारिलो हतियार छुरा प्रहारबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा हल्दिबारी गाउँपालिका ५ शान्ति चोक बस्ने ६५ वर्षीय जसबहादुर राई घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ । छुरा प्रहार गर्ने सोही ठाउँका ६५ वर्षीय कुलबहादुर राईलाई जलथल प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार लकडाउनमै दुवै Read More…

संघ \संस्था

मेचीनगर ४ का विपन्न परिवारले पाए राहत

झापा, चैत २४ । मेचीनगर नगरपालिका वडा नम्बर ४ का अति विपन्न तथा लक्षित परिवारले राहत पाएका छन् । उनीहरुलाई सोमबार वडा कार्यालयले राहत वितरण गरेको हो । वडा कार्यालयले वडाका २१ वटा टोल विकास संस्थाा मार्फत विपन्नलाई राहत वितरण गरीएको वडा अध्यक्ष नविन बरालले जानकारी दिए । विपन्न तथा लक्षित बर्गले सहज रुपमा राहत Read More…

विविध

जन्म उत्सवको अवसरमा अनाथ बालबालिकालाई खाद्यान्न सहयोग

झापा, चैत २४ । मेचीनगर–१० धुलावारी निवासी अनन्त वोस्तीले सोमवार (आज) असहाय अनाथ बालबालिकालाई खाद्य सामग्री सहयोग गरेका छन् । मेचीनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत समेत रहेका वोस्तीले असहाय अनाथ बालबालिकालाई खाद्य सामग्री सहयोग गरेका हुन् । जन्मदिनको अवसर पारेर उनले असहाय अनाथ बालबालिकाको खाद्यान्नका लागी स्वबोध साधना केन्द्र मेचीनगर–९ लाई सहयोग गरेको हुन् । Read More…

अर्थ

अधिकारी बने राष्ट्र बैंकको नयाँ गभर्नर

काठमाडौं, चैत २४ । नेपाल राष्ट्र बैंकको नयाँ गर्भनरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नयाँ गर्भरनमा नियुक्त गरेको हो । गभर्नर छनौट सिफारिस समितिले गरेको सिफारिसका आधारमा अधिकारीलाई राष्ट बैंकको गर्भनर नियुक्त गरेको हो । गभर्नर नियुक्त अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट Read More…

समाचार

लकडाउन वैशाख ३ गतेसम्म थपियो

काठमाडौं, चैत २४ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउन ८ दिन थप गरेको छ । कोरोनाका संक्रमित व्यक्तिहरु फेला परेसँगै सरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्मको लागि थपेको हो । लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड–१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान Read More…

संघ \संस्था

मेचीनगर ८ का विपन्न परिवारले पाए राहत

झापा, चैत २४ । मेचीनगर नगरपालिका वडा नम्बर ८ का अति विपन्न तथा लक्षित परिवारले राहत पाएका छन् । वडा कार्यालयले आईतबार बाट नै राहत वितरण सुरु गरिसकेको छ । वडाले पहिलो दिन पाथीभरा टोलमा रहेका विपन्न १९ परिवारलाई राहत वितरण गरेको थियो । दोस्रो दिन सोमबार आज वडाका अन्य टोलहरुका विपन्न परिवारलाई बिहान १० Read More…

अर्थ विश्व

३ लाख यौनकर्मीको पेशा खोसियो

काठमाडौं, चैत २४ । कोरोना भाइरसको महामारीले थाइल्याण्डको रात्रिकालिन जीवन अस्तव्यस्त बनायो । यार्टी र बारहरु बन्द भए । खासगरी पेशाकै रुपमा यौन धन्धा अपनाएका यौनकर्मी युवतीहरुलाई यसले प्रत्यक्ष असर पारेको छ । तिनैमध्ये एक हुन् पिम, जो अचेल घरबेटीलाई कसरी भाडा तिर्ने भन्नेबारे चिन्तित छिन् । सुनसान सडकमा निस्किन पिमलाई डर लाग्छ, तर पनि पेट Read More…

विश्व

कोरोनाको कहर: २०८ देशमा फैलिदा ६९ हजार बढीको मृत्यु

काठमाडौं, चैत २४ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा ६९ हजार ४१८ जनाको मृत्यु भइसकेको छ । विश्वमा २०८ देशमा पुगेको कोरोना भाइरसबाट १२ लाख ७२ हजार ७३७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारगरि घर फर्किएका छन् । अहिले ९ Read More…