समाचार

कोशी प्रदेश: मुख्य न्यायाधिवक्तामा झापाका गजेन्द्र आचार्य नियुक्त

झापा ।  कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा झापाका गजेन्द्र आचार्य नियुक्त भएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिशमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्यलाई नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । सोमबार प्रदेश प्रमुख प्रशुराम खापुङले आाचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए । भदौ २४ गते मुख्य न्यायाधिवक्ता बुद्धि बहादुर कटुवालले राजीनामा दिएपछि आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो ।

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका निमित्त मुख्य न्यायाधिस दिनेश प्रसाद यादवले नवनियुक्त मुख्य न्यायाधिवक्ता आचार्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएक छन् ।