झापा, चैत २४ । झापाको हल्दिबारीमा धारिलो हतियार छुरा प्रहारबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा हल्दिबारी गाउँपालिका ५ शान्ति चोक बस्ने ६५ वर्षीय जसबहादुर राई घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
छुरा प्रहार गर्ने सोही ठाउँका ६५ वर्षीय कुलबहादुर राईलाई जलथल प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार लकडाउनमै दुवै बिच सामान्य वादविवाद हुँदा कुलबहादुरले जसबहादुरको बायाँ कोखामा छुरा प्रहार गरेका थिए । घाइते जसबहादुरको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

