समाचार

नेपालमा फेरी अर्का दुईमा कोरोना पोजेटिभ

काठमाडौं, बैशाख २ । नेपालमा फेरी २ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । अब नेपालमा संक्रमित संख्या १६ पुगेको छ ।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट हिँजो पाटन अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.