स्वास्थ्य

कोरोना अपडेट : नेपालमा ११ सय ८२ जना रेड जोनमा, कति पुगे संक्रमित ?

काठमाडौं, बैशाख ३ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । जसमध्ये एकजना (पहिलो संक्रमित)उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका छन् भने बाँकी १५ जनाको चिकित्सकको विशेष निगरानीमा विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

हालसम्म पिसिआर र र्‍यापिड डाईग्नोस्टिग टेष्टबाट १५ हजार ८ सय परिक्षण भएको छ । जसमध्ये पिसिआरबाट ६८७१ जनाको परिक्षण भएको छ भने र्‍यापिड डाईग्नोस्टिग टेष्टबाट ८९२९ जनाको टेष्ट भएको छ । गत २४ घण्टामा २ हजार ८ सय ९४ जनाको जाँच गरिएको छ । हालसम्म १४ जिल्लाबाहेक सबै स्थानमा र्‍यापिड डाईग्नोस्टिग टेष्ट सुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले दिएको जानकारी अनुसार किटबाट जाँच्दा केहि नमूना पोजेटिभ पाइएको छ ।तर तिनलाई थप पीसीआरबाट परीक्षण गरिसकेपछि नतिजा प्रकाशित गरिनेछ ।

हालसम्म ५ हजार ६ सय १४ जना क्वारेन्टाईनमा छन् । हालसम्म १ सय १७ जना आईसोलेसनमा छन् । आईसोलेसनमा भएकामध्ये काठमाडौंमा ११ जना र काठमाडौंबाहिर १ सय ६ जना रहेका छन् ।

हालसम्म स्वमूल्यांकनको लागि १७ हजार ६ सय ३० जनाले वेवसाईटमा विवरण राखेकोमा गत २४ घण्टामा १ हजार १ सय ८२ जनाको विवरण हेरी १३ जनालाई रेड जोनमा राखिएको छ । हालसम्म मानिसहरुले टिपाएको विवरणका आधारमा ११८२ जना रेड जोनमा परेका छन् ।

Leave a Reply

Your email address will not be published.