समाचार

भोलीबाट तीन दिन घर बाहिर निस्किन प्रतिबन्ध

काठमाडौं, बैशाख २२ । नेपालगञ्जमा प्रशासनले कोरोना भाइरस कोभिड–१९ संक्रमितहरूको संख्या बढदै गईरहेको अवस्थालाई मध्यनजर गर्दै तीन दिन घरबाट बाहिर निस्किन प्रतिबन्ध लगाएको छ ।

संक्रमणलाई रोकथाम तथा न्यूनिकरण गर्न, संक्रमितहपरूको कन्ट्या्क्ट ट्रेसिङ गर्न र स्वाव संकलन कार्यलाई प्रभावकारी बनाउन तीन दिन घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

सोमबारदेखि बिहीबार मध्यरातसम्म यो नियम लागू हुनेछ। यस अवधिमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कोही पनि घरबाट बाहिर निस्कन पाउने छैनन् । यस्तै आफ्नो क्षेत्र सुरक्षित पार्ने बहानामा कुनै पनि किसिमले सडक तथा गल्ली एवं राजमार्गमा अवरोध गर्ने गरी छेकबार राख्ने कार्य गर्न पाईने छैन ।

Leave a Reply

Your email address will not be published.