राजनीति शिक्षा

अनेरास्ववियूले गर्‍यो भारत विरूद्व काँकडभिट्टामा साँकेतिक विरोध प्रदर्शन

झापा, बैशाख २७ । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू मेचीनगर कमिटीले आज काँकडभिट्टामा भारत विरुद्ध साँकेतिक विरोध प्रदर्शन गरेको छ ।

नगर कमिटी अध्यक्ष सन्तोष धमला नेतृत्वको टोलीले नेपाली भूमि अतिक्रमण गर्दै भारत सरकारले चीनसँगको बाटो बनाएको विरोधमा प्रदर्शन गरेको हो । संगठनका जिल्ला सह संयोजक दुर्गा धमलाको विशेष उपस्थितिमा भेला भएका विद्यार्थीहरुले भारतीय हस्तक्षेप विरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

विद्यार्थी नेताहरुले नेपालको राष्ट्रिय झण्डा र संगठनको झण्डासहित स्थानीय लक्ष्मीनारायण मन्दिर अगाडि भेला भएर प्रदर्शन गरेका हुन् । त्यसक्रममा संगठनका त्रिदेव बहुमुखी क्याम्पस कमिटी सचिव आशिष पौडेल, विनम सरदार, विनोद रिमाल, मञ्जु चिमरिया, वीरू मेचे, दीक्षा खड्का, श्याम तिम्सिनालगायतको उपस्थिति थियो ।

नेपालको दार्चुला जिल्लामा पर्ने गुन्जीबाट लिपुलेक जोडिने क्षेत्र भारतले अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर सडक बनाएपछि अखिलका नेता कार्यकर्ताहरुले विरोध जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published.