समाचार

थप १ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ११० पुग्यो

काठमाडौं, बैशाख २७ । नेपालमा थप १ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण देखिएको छ ।

प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार उदयपुरको भुल्केमा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमण हुनेको संख्या ३५ पुगेको छ । यस्तै, उपचारपछि निको हुनेको संख्या १४ पुगेको छ ।

समग्र देशमा भने कोरोना संक्रमितको संख्या ११० पुगेको छ । देशव्यापी रुपमा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.