झापा, बैशाख २९ । मेचीनगरका होटल, यातायात र पर्यटन व्यवसायीहरुले लकडाउन अवधि भरिको घर भाडा, बैँकको व्याज तथा राज्यले लिने सबै प्रकारका कर छुट गर्नु पर्ने माग राख्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
काँकरभिट्टा स्थित मेची वस व्यवसायी प्रालिको सभाहलमा सोमबार एक कार्यक्रमका बिच होटल व्यवसायी संघ मेचीनगरले तीन तहकै सरकारको ध्यानआकर्षण गराउनका लागि स्थानीय, प्रदेश र संघीय सरकारका सांसद् र जनप्रतिनधिहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।
संघले प्रदेश सांसदहरु गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीमार्फत प्रदेश र केन्द्र सकारलाई बिज्ञप्ती बुझाईएको र मेचीनगर ६ का वडा अध्यक्ष ललितबहादुर तामाङ मार्फत मेचीनगर सरकारलाई ज्ञापन पत्र बुझाएको होटल ब्यवशायी संघका अध्यक्ष श्रेष्ठले बताए ।
४ बुंदे ज्ञापन पत्रमा लकडाउन अवधिको घर बहाल मिनाहा गरिदिने, ब्यवशाय सञ्चालनार्थ लिएको बैकिङ ऋणको लकडाउन अवधिको ब्याज मिनाहा गरिदिने, होटल ब्यवशायमा रहेका मजदुरहरुलाई लकडाउन अवधिको न्यूनतम पारिश्रमिकमा राहत सहयोग उपलब्ध गराउने र कोरोना प्रकोपको कारण ब्यवशाय तहस नहस भएका कारण बिजुली, खानेपानी तथा ब्यवशाय कर जस्ता महसुलहरुमा छुटको ब्यवस्था गरि दिनु पर्ने मागहरु राखेका छन ।
साथै उनीहरुले कोरोना भाइरस रोकथामका लागि सरकारले लागु गरेको लकडाउनका कारण पुर्वी सिमानाको शहर मेचीनगरका होटल ब्यवशाय नराम्री प्रभावित भएको भन्दै तत्काल राहतका लागि ब्यवशायीहरुले सरकारसंग माग गरेका छन ।
लकडाउनका कारण लामो समय होटल पूर्ण रुपमा बन्द हुँदा होटल ब्यवशायी र मजदुरहरुको अवस्था नाजुक बनेको क्षेत्रिय होटल ब्यवशायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताए ।
यसै बिच यातायात ब्यवशायीहरुले समेत यातायात क्षेत्र पुर्ण रुपमा बन्दको अवस्थामा रहेकाले समस्या जटिल बन्दै गएको र सरकारले तत्काल यातायात क्षेत्रका समस्यालाई बुझेर सोही अनुसारको राहतको प्याकेज घोषणा गर्नु पर्ने बताएका छन् । मेची बस ब्यवशायी प्राली काकरभिट्टाका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले देशको मेरुदण्डका रुपमा रहेको यातायात क्षेत्र लकडाउनले धराशायी भएको र लामो समय सामान्य अवस्थामा फर्कन नसक्ने अवस्था भएकाले सरकारले यातायात क्षेत्रको संरक्षण गर्नु पर्ने बताए ।
होटल ब्यवशायीहरुको ज्ञापन पत्र बुझ्दै प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले ज्ञापन पत्रमा उल्लेखित मागहरु प्रदेशका मुख्यमन्त्रीसंग आफैंले भेटेर ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनु भयो भने संघिय सांसद राम कार्की मार्फत केन्द्रीय सरकारलाई समेत ज्ञापन पत्र बिषयमा ध्यानाकर्षण गराउन पहल गर्ने सांसद बुढाथोकीले बताए ।
प्रदेश सांसद श्रीप्रसाद मैनालीले होटल र यातायात क्षेत्रका सबैखाले समस्या समाधानका लागि प्रदेश सभामा कुरा उठाउने बताए । मेची बस ब्यवशायी प्रालीको सभा कक्ष काकरभिट्टामा भएको भेलाको सञ्चालन होटल ब्यवशायी संघ मेचीनगरका सचिव हस्तकुमार तामाङले गरेका थिए ।

