समाचार

थप ५७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं, बैशाख ३० । नेपालमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार पर्सा, कपिलवस्तु र रुपन्देही र बाराका गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा पर्साका ३९, रुपन्देहीका ९, कपिलबस्तुका ८ र बाराका १ जना छन् । संक्रमित सबै जना पुरुष भएका सह–प्रवक्ता अधिकारीले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.