
विकास राउत
झापा जिल्ला कुखुरा व्यवसायी संघ झापाको आयोजनामा भोली एक दिने बृह्त सचेतना अभियान कार्यक्रम सञ्चालन हुने भएको छ ।
जिल्ला भरि छरिएर रहेका साना तथा ठुला कुखुरा व्यवसायीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरीएको आयोजकले जानकारी दिए । जिल्लामा छरिएर रहेका कुखुरा व्यवसायीहरुलाई व्यवस्थित रुपमा अगाडी बढाउदै अबैध रुपमा भारतबाट भित्रिने कुखुरालाई नियन्त्रण गर्ने भावियोजनाका बिषयमा जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना हुन लागेको हो ।
बृह्त सचेतना अभियान कार्यक्रममा नेपाली बजारमा नेपालमै उत्पादीत ताजा र निरोगी अण्डा तथा कुखुराको मासु उपभोग गर्न सबै सर्वसाधारणलाई सचेत गराउदै नेपाली उत्पादनको प्रबद्धन गर्न ।
साना तथा ठुला कुखुरा व्यवसायीहरुलाई कुखुरा सम्बन्धी लाग्ने रोग र त्यसको रोकथाम सम्बन्धी ज्ञान दिदै स्वच्छ प्रतिस्पर्धा सहित व्यवसायीमा आत्मा निर्धर बनाउन टेवा पुर्याउने झापा जिल्ला कुखुरा व्यवसायी संघका अध्यक्ष विवेक निरौलाले बताएका छन् ।

