काठमाडौं, जेठ १२ । नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । आज थप ७२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६७५ पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ३७ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा २ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ५ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ५ जना र प्रदेश अस्पताल सुर्खेतरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

