काठमाडौं, असार ११ । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले टोखाबाट एक जनालाई पक्राउ गरेको छ ।
आफ्नै ४० वर्षीया श्रीमती सलिना बानियाँ खड्काको हत्या गरेको अभियोगमा टोखा नगरपालिका–३ बानियाटार हाईट बस्ने ४३ वर्षीय कृष्ण हरि बानियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कृष्णले धारिलो हतियार चक्कु प्रहार गरी सलिनाको हत्या गरेका थिए ।
कृष्ण हरिले चक्कु प्रहार गर्दा उनकै श्रीमतीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट र महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

