विचार

“आग्रह”

मेचीनगर, असार ३१ । म मानवलाइ के को उपनाम दिउँ ? के हो यो मानव ? सरल अर्थ मा भन्नु पर्दा मानव प्राणी हो । कुन जात को प्राणी हो भनेर छुट्टाउन गाह्रो छ। भैगो मानव जनाबर हो । म आफै पनि संकोच मा छु जनावर भनौं भने स्वरुप मान्छेको जस्तो छ, होइन भनौ भने व्यबहार जनाबर को जस्तो छ। फेरि प्रस्न उठाउनु होला जनबार ले त घाँस पो खान्छ । कइ मान्छेले घाँस खान्छ नचाहिने कुरा । ए हजुर ! के घाँस खाने मात्र जनबार हुन त ? येस्तो बिस्वब्यपी रुपमा महामारी फ़ैलिएको को बेलामा पनि जीवन बचाउने हैन कुर्सी र पद बचाउने तर्फ लागेपछि के म मानवलाई भगवानको उपनाम दिउ त?

बादरले आफ्नो त घर बनाउदैन बनाउदैन, अरुको घर नि भत्काउछ भन्ने उखान त सबैलाई अबगत नै होला । हो अब तपाईंहरु लाई प्रश्न उठ्न सक्छ ,मान्छे जनाबर हो भने हाम्रो देश को नेता चै कुन जात को जनाबर भित्र पर्छन् भनेर ? यो समस्या को समाधान नि मै गर्दिन्छु। हाम्रा देश का नेता पनि कुनै बादर भन्दा कम भएनन । आफ्नो मात्र मतलब गरेर देश का जनता को स्थिती नाजुक तुल्याउने काम गर्दैछन । अझ भन्नू हो भने यिनिहरु त अरु देस का पुच्छर हुन पुच्छर ,बिदेशी को पछी लाग्ने पिछेलग्गु । आफ्नो समस्या को समाधान त आफै पो खोज्नु पर्छ त अरु को पछिलागेर पनि हुन्छ कहि ? छोराछोरीलाई सधैभरी बाबुआमाले खाना खुवाइदिएर हुन्छ र ? आफै पो खान सिक्नुपर्छ त। केहि कथम दाहिने हात भाँच्इयो भनेर देब्रे हात चलाउन सिक्नु पर्छ ।

आदरणीय नेता हरु तपाईं हरु पनि अर्काको पछी नलागी आफ्नो दाइने देब्रे दुबै दिमाग लाई सन्तुलनमा राखी उप्युत निर्णय लिनुहोला । कुनै पनि बस्तु को बिकास र बिनास तै बस्तु मा निर्भर हुन्छ । हाम्रो मुलुकको परिवर्तन र बिकास मा हाम्रै समाज को सामाजिक तत्व को भुमिका रहन्छ, बाहिरी सहयोग त केबल सहायक मात्र हुन । घाउ लग्दा तेस्लाइ थाहा हुन्छ जस्लाइ तेस्को चोट परेको छ । अरु त केबल आइया दुख्यो भन्दा सहानुभूति मात्र दर्साउछ्न ।

अनि एउटा कुरा त भन्नै भुलेछु हाम्रा देश का नेता हरु त जनावर र कसैको पुच्छर मात्र होइनन् र यिनिहरुलाइ यो सम्बोधन ले मात्र काहा पुग्छ र, यिनिहरु त जनता लाई दिउसै तर्साउने भुत हुन भुत। कसैलाई भुत्को उपनाम नदिनुस है येसरी भुत भन्दै हिन्नु भयो भने लैजालान नि तपाईं लाई पाता कसेर राची ,फेरि अहिले को जमनामा पनि भुत हुन्छन् र ? नहुदो कुरा भन्नू होला । तर जे भन्नुस नेताहरू एक प्रकार का भुत नै हुन।देश भरी को बजेट च्वाट् पार्छन् अनि जनता लाइ यो सुबिधा त्यो सुबिधा दिन सकिएन भनेर भन्छन् र खाली आश्वासन मात्र दिन्छन् ।अनि येसरी जनता तर्साइ हिड्ने लाइ भुत नभनेर झाक्री भन्नू त ? फेरी जनता चाइ पागल नै हुन पागल ,कसैले दिउसै तर्साउदा नि तर्सिने पागल ।

नेपाली हास्यब्यङ्य निबन्ध साहित्यका प्रमुख हस्ती भैरब अर्‍याल ले तेसै “जय भोलि ” निबन्ध लेखेनछ्न। बास्तबमा आज समाजका सामाजिक ,शैक्षिक ,राजनीतिक,प्रसासनिक आदि हरेक छेत्रलाइ भोलिबादी रोगले कुटुकुटु खाइरहेको छ । जे काम पनि भोलि भन्दै जनता लाई आश्वासन दिदै फेरि भोलि अर्थात अर्को भोलिको पर्खाइमा जनता बाचेका छन। येस्ता ठुला भनौदाहरु जो जनताको हित भन्दा आफ्नो पद रक्षा, बेक्तिगत स्वार्थमा रुमलियेपछी हामी जनताले के आशा राख्ने ? आज घुसपैठ, नातावाद र सामाजिक अपराधले देशमा जरो गाडिसकेको अवस्था छ। हरेक राजनीतिक स्तरमा घुसपैठ भैरहेको छ। तैपनि जनता चुप छन । जनता पनि मुर्ख नै हुन । नेपाली जनतालाई त भेडा भनेर गणेशमान सिंहले पहिले नै भनेका हुँन । पटक पटक गल्ती गरिरहदा पनि सिढी चढाउने काम पनि जनता कै भएपछी दोष कस्लाई पो दिनु ? तर अब जनता चुप बस्दैनन,देश निर्माण गर्ने निर्माणकर्ताको खोजीमा छन जनता । नेपाल आमाको त्यो नया सन्त्तानको खोजीमा छन जनता ।

अहिले जो सत्तामा छन्, जनताको आँखामा छाहरो हालेर जनतालाई नै झुक्काउने काम गरीरहेका छन । योजना बद्द रुप ले काममा सरिक भैयो भने राष्ट्रियतामा समस्या आउदैन । पारिस्स्परिक मेल को माध्यमबाट काम गरे जस्तोसुकै जटिल समस्य लाई पनि पार गर्न सकिन्छ । तेसैले अब नेताहरुले झगडा ,बेक्तिगत स्वार्थ, पद र प्रलोभनमा नलागी गम्भीर भएर देस निर्माण मा जुट्नु पर्यो।घाम पानी नभनी ताछाड मछाड गारि लाइन मिचदै भोट् हालेको कदर होस ।
रन्जना फुयाल (काफ्ले) मेचिनगर- ६ काकरभिट्टा

Leave a Reply

Your email address will not be published.