विविध

मोटरसाइकल र सीसीटिभी तोडफोड गर्ने २ जना पक्राउ

नरेन इलामेली
इलाम, असार ३१ ।
इलाममा पार्किङ गरी राखेको मोटरसाइकल र सीसीटिभी तोडफोड गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका ७ मालापथका १९ बर्षिय पारुहाङ देवान र सोही स्थान बस्ने १९ बर्षिय आकाश परियार रहेका छन् ।

देवान र परियारले गएको सोमबार राती इलाम नगरपालिका ७ स्थित चोकबजार तथा विभिन्न स्थानमा पार्किङ्ग गरी राखेको मोटरसाइलहरु तेडफोड गरेका थिए भने मालपथ स्थित सीसीटिभी रहेको विजुलीको पोलमा चढेर सीसीटिभी समेत फुटाउन खोजेका थिए ।

तोडफोडमा संलग्न दुबैलाई सीसीटिभीले कैद गरेको फुटेजका आधारमा मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । हाल दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.