काकडभिट्टामा बैशाख १ गते“भेट्रान रोड रेस” हुने मेचीनगर। झापाको मेचीनगर -६ काकडभिट्टामा नयाँ वर्ष विशेष “भेट्रान रोड रेस कार्यक्रम-२०८२” हुनेभएको छ। “खेलकुद र सेवामा योगदान, प्रत्येक पाइलामा भेट्रानलाई सम्मान” नारा सहित समाजसेवी विमला तामाङको ४१ औँ जन्मदिनको उपलक्ष्यमा उक्त कार्यक्रम गरिने आयोजक काकडभिट्टा भेट्रान फुटबल क्लबले जानकारी दिएको छ। नयाँ वर्ष २०८२ को पहिलो दिन Read More…
Author: हाम्रो खबरपाटी
रविलाई समात्न घरमै पुग्यो प्रहरीः आदेशलाई सम्मान गर्दै आजै गिरफ्तारी दिने लामिछानेको भनाई
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको छ । उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेलगत्तै प्रहरी उनलाई पक्रन पुगेको हो । केहीबेरअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली रविको बुढानीलकण्ठस्थित निवासमा पुगेको छ Read More…
मेचीनगर वडा स्तरीय फुटबल : ११ र ९ फाइनलमा प्रबेश
बडाखाल । मेचीनगर ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा मेचीनगर ११ र मेचीनगर ९ फाइनलमा प्रबेश गरेका छन । नव ज्योती निमाबिको खेल मैदानमा शुक्रबार भएको खेलमा वडा नम्बर ५ लाई टाइब्रेकरमा ४-३ को गोल अन्तरले पछि फाइनलको यात्रा तय गरेको हो । खेलको निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछी सोझै टाइब्रेकरद्वारा Read More…
‘उज्यालो’ ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ नभएको पुष्टि
मेचीनगर । मेचीनगर –७ स्थित राधाकृण इण्डष्ट्रिजबाट उत्पादित ‘उज्यालो’ ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ नभएको तथा खान योग्य रहेको खाद्य प्रयोगशालाले पुष्टि गरेको छ । गत चैत ३ गते उज्यालो ब्राण्डको चामलमा प्लाष्टिकजन्य पदार्थ मिसावट भएको भन्दै उपभोक्ताले गुनासो गरेपछि सो चामल नमूना परीक्षणकोलागि मेची उद्योग वाणिज्य संघ, मेचीनगरपालिका, इलाका प्रहरी कार्यालय धुलाबारीको रोहबरमा खाध्य प्रविधि तथा Read More…
समाचार प्रभाव: यातायात व्यवस्था कार्यालय झापाबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा
झापा । यातायात व्यवस्था कार्यालय झापाबाट ९ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही समय अगाडि हाम्रो खबरपाटी लगायतका सञ्चार माध्यममा बिचौलियाका कारण सेवाग्रहीले दुःख पाएको र बिचौलियाको कब्जामा यातायात कार्यालय रहेको समाचार सार्वजनिक भएको थियो । समाचार प्रकाशित भएसँगै आज यातायात कार्यालयबाट जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरीको टोलीले ९ Read More…
बैशाख १३ देखि प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने
मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने भएको छ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न आम भेलाबाट प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ हुने जानकारी गराइएको हो । २०८२ वैशाख १३ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा विद्या विकास एकाडेमी रहेको छ । मुख्य प्रायोजक संस्थाबाट प्रतियोगिता सम्पन्न गर्न Read More…
पत्रकारले संभावना देखाउने हो, निराशा फैल्याउने होइन : नेता ओली
बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ । आज बिर्तामोडमा आयोजित विस्तारित बैठकमा बधाई ज्ञापन गरेको हो । चैत १०–१२ विराटनगरमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित माधव विद्रोही, गोपाल काफ्ले, सावित्रा दाहाल, मिना विश्वकर्मा, शम्भु दाहाललाई बधाई ज्ञापन गरिएको हो । बैठकका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य Read More…
मेचीनगर वडा स्तरीय फुटबल ५ र ६ सेमिफाइनलमा प्रबेस
बडाखाल । मेचीनगर ३ बडाखालमा जारी प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता अन्तरगत बिहिवार मेचीनगर ५ र मेचीनगर सेमिफाइनलमा प्रबेश गरेका छन । नव ज्योती निमाबिको खेल मैदानमा जारी प्रतियोगितामा वडा नम्बर ७ लाई ३-१ को गोल अन्तरले पछि पार्दै ५ सेमिफाइनलमा प्रबेश गरेको हो । जितका लागि राज क्षेत्रीले २ र अनिस खड्काले १ गोल Read More…
लागूपदार्थ सेवन गरेको चालक ट्राफिक प्रहरीको फन्दामा
मेचीनगर । काँकरभिट्टामा गरिएको चालकहरुको स्वास्थ्य परीक्षणमा करिब आधाजसो ४६ प्रतिशत चालकले लागूपदार्थ सेवन गरेको पाइएको छ । मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित बसपार्कमा गरिएको ३० जना चालकहरुको स्वास्थ्य परीक्षणमा १४ जनाले लागूपदार्थ सेवन गरेको पाइएको ह । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको अगुवाईमा पूर्वपश्चिम राजमार्गमा सञ्चालन हुने यात्रबाहक बस तथा नीजि सवारीसाधनहरुबाट बढ्दो दुर्घटना न्यूनीकरणका लागि चालकहरुको आँखा तथा लागूपदार्थ सेवन चेकजाँच गरिएको थियो । परीक्षणका क्रममा १४ जनामा लागूपदार्थ पोजेटिभ देखिएकाले थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको जिम्मा लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाको समन्वयमा समुदाय–प्रहरी साझेदारी अन्तरगत कार्यक्रम सम्पन्न गरिएको ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका इञ्चार्ज प्रहरी नायव निरीक्षक पूर्ण गौतमले जानकारी दिए । कार्यक्रममा काँकरभिट्टा आई केयर सेन्टर प्रालि र स्वास्थ्य कार्यालय झापाले प्राविधिक सहयोग गरेका थिए ।
मेचीनगर-८ : लागु औषध विरुद्ध सचेतनाका लागि मोटरसाईकल र्याली
मेचीनगर । झापाको मेचीनगर नगरपालिका ८ नं वडा कार्यालय खेलकुद विकास समितिको आयोजनामा लागु औषध ‘दव्र्यसनबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नाराका साथ मोटर साईकल ¥याली सम्पन्न भएको छ । ८ नं वडा कार्यालयले संयोजन गरेको सो ¥यालीले प्ले कार्ड सहित वडा नं ८ लाई फन्को मारेको थियो । ८ नं वडा Read More…










