झापा, भदौ १२ । झापामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका वडा नम्वर ३ स्थित केर्खा बजारका ८३ बर्षीय बृद्ध रहेका छन् ।
भदौ ३ गते कोरोना पोजेटिभ देखिएपछि धरान स्थित बिपी कोइरालाई स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा क्याम्प भर्ना भएर उपचाररत उनको आज विहान ४ बजे मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई साताअघि उपचार गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

