काठमाडौं, भदौ १२ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ को महामारीका कारण मलेसियामा समस्यामा परेका २६२ जना नेपाली नागरिक र शव लिएर आएको नेपाल एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गरेको छ ।
शुक्रबार बिहान ७ बजेर ३४ मिनेटमा अबतरण गरेको नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट १५ वटा शव पनि भित्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल कार्यालय स्रोतले जनाएको छ।
सरकारले विदेशमा अलपत्र परेका र रोजगारी गुमाएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गराउन पाँचौं चरणको उद्धार उडान अन्तर्गत उनिहरुलाई स्वदेश फिर्ता ल्याईएको हो ।

