स्वास्थ्य

झापाको कमल गाउँपलिकामा आज थप ९ जनामा काेराेना पुष्टि

विकास घिमिरे
कमल, भदौं १२ ।
झापाको कमल गाउँपालिकामा आज एकै दिन ९ जना कोरोना संक्रमित थपिएका छन् ।

भाद्र ९ गते स्वाब संकलन गरि परिक्षणका लागि पठाइएका ६० जना मध्ये वडा नं. ३, केर्खाका ९ जना समुदायका लाई कोरोना संक्रमण देखिएको छ, थपिएका संक्रमितमा ५, १८, १८, ३८, ३८ र ४० वर्षका ६ जना पुरुष र ३० र ६७ वर्षका २ जना महिला रहेको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिनुभयो ।

यसैबीच भाद्र १० गते स्वाब संकलन गरिएका ७० जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। प्रादेशिक प्रयोगशाला बिराटनगरमा उहाहरुको स्वाब परिक्षणका लागि पठाइएको थियो  भने आज क्वारेन्टाईन २, जनप्रतिनिधि १ समुदाय ७२ जनागरि जम्मा ७५ जनाको स्वाव संकलन गरिएको छ । यो सहित कमल गा.पा.मा जम्मा ७५९ जनाको स्वाव संकलन सम्मपन्न गरिसकिएको छ ।

त्यस्तै कमलमा कोरोना संक्रमितको संख्या १९ पुगेको शहीद धर्मभक्त माविको क्वारेन्टाइनमा खटिनु भएका स्वास्थ्यका इन्द्र अर्यालले जानकारी दिनुभयो । वहाँका अनुसार कमलका ३ जनाले कोरोना जितिसकेका छन् भने १ जना को कोरोना भाइरसको कारण मृत्यु भएको छ । बाकी ५ जनाको मेचि अञ्चल अस्पताल भद्रपुरको आइसोलेसनमा उपचार भइरहेको छ ।