संघ \संस्था

इमाडोल जेसीजलाई क्षेत्र ‘ग’ को उत्कृष्ट शाखा अवार्ड

बाहुण्डाँगी । इमाडोल जेसीजलाई फेब्रुवरी महिनाको उत्कृष्ट शाखा अवार्ड प्रदान गरिएको छ । काठमाडौमा सम्पन्न नेपाल जेसीजको लोम नोम लिडर्स एकाडेमीको अवसरमा क्षेत्र ‘ग’ को का शाखाहरु मध्ये इमाडोलले उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको हो । उक्त अवार्ड समापन समारोहमा शाखाकी अध्यक्ष इच्छा गुरुङलाई नेपाल जेसीजका अध्यक्ष सिनेटर लालमणी भण्डारी र निरुपित कार्यकारीणी उपाध्यक्ष रमा प्याकुरेलले प्रदान गर्नु भएको थियो । शाखाले एक महिनाको अवधीमा गरेको कार्य सम्पादनको आधारमा नेपाल जेसीजले अवार्ड प्रदान गर्ने गरेको छ । यो महिना इमाडोलले यस क्षेत्रका महिलाहरुका लागि स्तन क्यान्सर सचेतना तथा परिश्रण, एक व्यक्ति एक विरुवा अभियान, १४ वटा शाखाहरुको सहकार्यमा मल्टि च्याप्टर तालिमलगायतका कार्यक्रमहरु सम्पन्न भएका थिए ।