स्वास्थ्य

आज थपिए ९२७ जना कोरोना संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं, भदौ १२ । नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार १६ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार २४२ पुगेको छ । आज थप १२ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।