मेचीनगर, भदौ १२ । झापाको मेचीनगर नगरपालिकामा शुक्रवार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।
शुक्रबार कोरोना संक्रमण पुष्टि हुनेमा वडा न २ का १५ र १६ वर्षीय दुईजना किशोरसहित २१ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको मेचीनगर नगरपालिकाका सामाजिक विकास समिति संयोजक नवीन बरालले बताए । उनीहरु तीनै जना भारतबाट आएर धुलाबारीस्थित अतिथि सदनको क्वारेन्टिनमा बसेका थिए ।
भदौ ९ गते उनीहरुको पीसीआर परीक्षणका लागि थ्रोड स्वाबको नमूना संकलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । त्यहाँको परीक्षणमा उनीहरुका पीसीआर परीक्षण पोजेटिभ आएको हो । उनीहरु मेचीनगर ११ स्थित स्वास्थ्य चौकीकोे आइसोलेसन सेन्टरमा राखिने पनि बरालले जानकारी दिए ।
हालसम्म मेचीनगरमा ९८ जना निको भएर घर फर्किसकेका छन् ।

