काठमाडौँ । करण परियार नेपाल आइडल बन्न सफल भएका छन् । नेपाल आइडल सिजन ५ को शनिबार सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन् । ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् । विजेता करणले ट्रफीसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । Read More…
कला
कनकाईमा राष्ट्रिय कला–संस्कृति तथा साहित्य महोत्सव हुंदै
कनकाई । कनकाई नगरपालिकामा पहिलो पटक कला–संस्कृति तथा साहित्य महोत्सव २०८० आयोजना गरिने भएको छ । रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा यहि फागुन १४, १५ र १६ गते तीन दिने कनकाई कला–संस्कृति तथा साहित्य महोत्सवको आयोजना गरिएको तयारी रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कंडेलले आज सुरुङ्गामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिए । समाजमा शैक्षिक Read More…
नेपाली सेलिब्रेटीहरुको लक्ष्मीपूजा
काठमाडौं । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार सुरु भइसकेको छ। तिहारको दोस्रो दिन आइतबार घरघरमा लक्ष्मीपूजा गरिएको छ। धनकि देवी लक्ष्मी भित्र्याएर आइतबार बेलुका सबैले उल्लासमय तरिकाले लक्ष्मीपूजा गरेका छन्। यसैबीच, नेपाली सेलिब्रेटीहरुले पनि लक्ष्मीपूजा गरेर तस्वीरहरु सार्वजनिक समेत गरेका छन्। बरिस्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, केकी अधिकारी, वर्षा शिवाकोटी, संचिता लुइँटेल, समीक्षा अधिकारी, Read More…
धुलाबारी महोत्सव : ज्योती मगरको प्रस्तुतीमा झुमे दर्शक, आज मन्त्र व्याण्ड आउने
धुलाबारी । झापाको मेचीनगर १० स्थित धुलाबारीमा जारी महोत्सवमा गायिका तथा मोडल ज्योती मगरको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन् । महोत्सवमा मंगलबार लोकदोहोरी गायिका तथा मोडल ज्योती मगरको प्रस्तुतीमा युवा देखी वृद्धवृद्धाहरुले मनोरन्जन लिएका हुन् । मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को Read More…
रमेश अन्जानको “परदेशी जिवन” गीत सार्वजनिक (भिडियो सहित)
झापा । गायक तथा संगितकार रमेश अन्जान कडरियाको “परदेशी जिवन” वोलको गित सार्वजनिक भएको छ । गितकार किशोर पोख्रेलको शब्दमा सँगितकार रमेश कडरियाले संगित भरेका छन् । किरन कडेलको संगीत संम्योजन रहेको गीतमा आवाज चर्चित गायक रामकृष्ण ढकालले दिएका छन् । गीतको म्यूजिक भिडियोमा गायक रामकृष्ण ढकाल र सारदा राउतको अभिनय रहेको छ । निकेश Read More…
पल शाह प्रकरण : नाबालिग गायिकाले अदालतमा फेरिन् बयान
काठमाडौं । बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन्। आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उनले उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । जाहेरीकर्ताका बुवाको Read More…
गायिका मेलिना राई र गिटारिस्ट सञ्जिव बराइली विवाह गर्दै
काठमाडौं । चर्चित गायिका मेलिना राई विवाहको तयारीमा रहेकी छन् । गायिका राईले गिटारिस्ट तथा कम्पोजर सञ्जिव बराइलीसँगको तस्वीर सेयर गर्दै विवाहको तयारीमा रहेको जानकारी गराएकी हुन् । गायिका राईले सामाजिक सञ्जालमा सञ्जिवसँगको तस्वीर सेयर गर्दै इन्गेजमेन्ट पनि भइसकेको जानकारी गराएकी छन् । दुई वर्ष अगाडि नै मेलिना र सञ्जिवले इन्गेजमेन्ट गरेको खबर बाहिरिएको छ Read More…
चचिर्त गायक प्रमोद खरेलको ब्यान्ड भोलि झिलझिले आउँदै
चन्द्र बस्नेत झापा । नेपाली आधुनिक संगीतका लोकप्रिय तथा व्यस्त गायक प्रमोद खरेल पहिलोपटक आफ्नो औपचारिक ब्यान्डसहित दर्शकमाझ प्रस्तुत हुने भएका छन् । गायक खरेलले आफ्नै आधिकारिक ब्यान्डसहित लाइभ कन्सर्ट गर्न लागेका हुन् । भोलि चैत २५ गते झापाको झिलझिलेमा रहेको वाटर किंगडम पार्क एन्ड रिसोर्टमा खरेलले ब्यान्डसहित प्रस्तुति दिने वाटर किंगडम पार्कका संचालक सौजन Read More…
चर्चित गायिका लता मंगेशकरको निधन
काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो । उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।
सारेगमप लिटिल च्याम्पको उपाधी झापाकी कृपालाई, दोस्रो स्थानमा झापाकै रोशा
झापा । गायन रियालिटि सो सारेगमप लिटिल च्याम्प नेपालको उपाधी झापाकी कृपा पौडेलले जितेकी छिन् । झापा बिर्तामोडकी १४ बर्षीया कृपाले हिजो सम्पन्न सारेगमप फाइनलमा उपाधी जितेकी हुन् । ग्यालेक्सी फोर के टेलिभिजनमा विगत १८ हप्तादेखि प्रसारण भइरहेको सारेगमपको हिजो राति सम्पन्न भएको फाइनलमा अन्य चार प्रतिस्पर्धीलाई उछिन्दै कृपाले उपाधी जित्न सफल भएकी हुन् । Read More…