झापा । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई स्पष्टीकरण सोधेको छ । झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्मालाई आयोगले शुक्रबार आगलागी पीडितलाई घर निर्माणका लागि रकम वितरण गरेको विषयमा स्पष्टीकरण सोधेको हो । उम्मेदवारले निर्वाचन आयोगले तोकेको भन्दा फरक गतिविधी गर्नेलाई स्पष्टीकरण सोध्ने गर्दछ ।
राजनीति
राजनीतिमा रुपान्तरण जरुरी: महामन्त्री शर्मा
झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिमा रुपान्तरण जरुरी भएको बताएका छन् । झापा क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेद्वार शर्माले विहीबार मेचीनगर–६ को काँकरभिट्टास्थित भट्टराई चोकमा लोकतान्त्रिक गठबन्धनको संयुक्त सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक भित्र भएको अन्यायविरुद्ध रुपान्तरण आवश्यक रहेको बताएका हुन् । ‘हिजो व्यवस्था परिवर्तन गर्न पठाएका व्यक्ति पार्टीभित्रै Read More…
चिन्तन पाठक : जनताको सेवामा पूर्णकालीन क्रियाशिल
चिन्तन पाठकको नामले नेपालको राजनीतिक सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका उनको वास्तविक नाम तिलचन पाठक हो । बुवा देवीप्रसाद र आमा लक्ष्मीदेवी पाठकको काईंलो छोराका रुपमा चिन्तनको जन्म वि. सं. २०२३ साल कात्तिक १७ झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. २ मा भएको हो । अहिले नेपाल कम्युनिष्ट पार्टी एमाले १ नम्बर प्रदेश कमिटीको सचिवको Read More…
दुईपटक अरुलाई लगाएको माला यसपटक मलाई लगाइदिन जनता आतुर छन् : महामन्त्री शर्मा
मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का उम्मेद्वार विश्वप्रकाश शर्माले यस पटक आफ्नो जित सुनिश्चिित भएको दावी गरेका छन् । आफूलाई जिताउन जनताले दिएको मत र त्यो विश्वासलाई खेर जान नदिने प्रण समेत गरे । ‘एमालेले समृद्धिको नारा मात्र बनायो,’ उनले भने, ‘हामी योजना बनाएर त्यसलाई कार्यान्वयनमा लैजान्छौँ ।’ चुनावी अभियानका क्रममा Read More…
देश बर्बाद बनाउन पल्केका गठबन्धनलाई परास्त गर्न एमालेसँग तालमेल : अध्यक्ष लिङ्देन
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्गदेनले गठबन्धन गरेर देश बर्बाद बनाउन पल्केका गठबन्धनलाई परास्त गर्न एमालेसँग तालमेल गरेको बताएका छन् । बुधबार झापाको मेचीनगर–१० धुलाबारीस्थित टाउन हलमा संयुक्त निर्वाचन प्रचार(प्रसार समिति, नेकपा एमालेरराप्रपा झापा क्षेत्र नं.१ ले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले गठबन्धनका नाममा सबै स्वार्थमा लिप्त पार्टीहरू Read More…
बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज अध्यक्ष ओली धुलाबारी आउँदै
मेचीनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापाको क्षेत्र नं. १ स्थित धुलाबारी आउँदै छन् । बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली आज बिहान ११ बजे धुलाबारी स्थित टाउन हल आउने कार्यक्रम तय भएको एमाले प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनालीले जानकारी दिए । अध्यक्ष ओली ्कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि Read More…
मतदातासँग गठबन्धनका उम्मेद्वार– ‘हामी तपाईंकै साथमा छौँ’
मेचीनगर । झापा निर्वाचन क्षेत्र नं १ ‘क’ अन्तर्गत संयुक्त गठबन्धनले सुरु गरेको चुनावी अभियान अन्तर्गत उम्मेद्वारहरुले सोमबार साविक बाहुनडाँगी तथा काँकरभिट्टाका विभिन्न टोलमा रहेका मतदातालाई प्रत्यक्ष भेटेका छन् । क्षेत्र १ ‘क’ का प्रदेश सभाका उम्मेद्वार गोपाल तामाङ, समानुपातिक तर्फका उम्मेद्वार बालजीत राईसहितको संयुक्त गठबन्धन टोलीले मतदाताका समस्या र गुनासो ग्रहण गरेका छन् । Read More…
जसपा नेता मेचे एमालेमा प्रवेश
मेचीनगर । जनता समाजवादी पार्टीका केन्द्रीय नेता विष्णुलाल मेचे नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी नीति र नेतृत्वविहीन बन्दै गएको भन्दै जसपा किसान महासंघ केन्द्रीय उपाध्यक्ष समेत रहेका मेचे आज एमालेमा प्रवेश गरेका हुन् । उनलाई एमाले केन्द्रीय सदस्य तथा झापा सह-ईन्चार्ज रविन कोईरालाले एमालेमा प्रवेश गराएका हुन् । सो कार्यक्रममा एमाले नेतृ रेणुका डागी, Read More…
झापा क्षेत्र नं १ मा गठबन्धनलाई झड्का, माओवादीका दर्जनौं नेता एमालेमा समाहित
मेचीनगर । झापा क्षेत्र नं १ मा नेकपा माओबादी केन्द्रका नगर कमिटी इञ्चार्ज पुष्प गुरागाईसहित जिल्ला र नगर कमिटीको ठूलो समूह आज नेकपा एमालेमा समाहित भएको छ । पार्टी नीति र नेतृत्वविहीन बन्दै गएको भन्दै माओबादी केन्द्रका नेतृत्वदायी नेताहरुले आम चुनावको संघारमा यो आगमनले नेकपा एमालेको बिजय अभिायनलाई झनै सुनिश्चित गरेको एमाले नेताहरुले बताएका छन् । Read More…
काँग्रेस झापाका सभापति पाण्डे गठबन्धन दलको चुनावी संयन्त्रको संयोजक
विर्तामोड । नेपाली काँग्रेस झापाका कार्यवाहक सभापति केशबराज पाण्डे झापामा सत्ता गठबन्धन दलको चुनावी संयन्त्रको संयोजक चयन हुनु भएको छ । प्रतिगमन विरुद्ध संघर्षरत गठबन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन झापामा जिल्लास्तरीय संयन्त्र गठन गरिएको छ । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आज सम्पन्न गठबन्धनमा आबद्ध तीन दलको संयुक्त बैठकले नेपाली कांग्रेसका कार्यबाहक सभापति पाण्डेको संयोजकत्वमा Read More…










