राजनीति

सहमति नजिक ओली–प्रचण्ड, विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन

काठमाडौं, साउन ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चर्किरहेको बेला आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भएको छलफल सकरात्मक रहेको बताईएको छ ।

नेकपा विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएका छन् ।

बालुवाटार स्रोतका अनुसार आज प्रधानमन्त्री निवासमा भएको छलफलमा अध्यक्षद्धयबीच कार्यदल बनाउने सहमति भएको हो ।

कार्यदलको संयोजक महासचिव विष्णु पौडेल छन् भने सदस्यहरुमा जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेको बताइएको छ।

कार्यदलले विवाद समाधानका लागि सुझाव दिने र दुई अध्यक्षले त्यसलाई पालना गर्ने सहमति भएको बताइएको छ ।