खेलकुद

पोर्टोसँग युभेन्टस पराजित

काठमाडौं, फागुन ६ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा युभेन्टस एफसी पोर्टोसँग पराजित भएको छ ।

वुधबार राति भएको खेलमा इटालियन च्याम्पियन युभेन्ट्स पोर्चुगिज च्याम्पियन एफसी पोर्टाेसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
पोर्टाेको जितमा मेहेदी तारेमी र मोउसा मरेगाले एक एक गोल गरेका थिए । फेडरिको चिइसाले युभेन्टसका लागि गोल सानत्वनामा परिणत भयो ।

खेल शुरु भएको पहिलो मिनेटमै मेहेदी तारेमीले गोल गर्दै घरेलु मैदानमा पोर्टोलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको युभेन्टस दोस्रो हाफको शुरुमै पनि फेरि गोल खान पुग्यो । ४६ औं मिनेटमा मोउसा मेरेगाले गोल गर्दै पोर्टोको अग्रता दोब्बर पारेका थिए ।

युभेन्टसका लागि ८२ औं मिनेटमा फेडरिको चिइसा गोल गर्दै पोर्टोसँगको अग्रता २–१ मा झारेका थिए । च्याम्पियन्स लिग अन्तर्गत दोस्रो लेग मार्च १० तारिखमा हुने छ ।